आज तोलामा ४ सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ४ सय रुपैयाँ घटेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ। आज तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
१२ जेठ २०७९, बिहीवार ११:४२ बजे प्रकाशित












