डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गरिने, हरेक प्रदेशमा २ वटा मेडिकल कलेज प्रतिष्ठान
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमको डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रत्येक प्रदेशमा कम्तीमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना र सञ्चालनको नीति लिनेसमेत राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयबाट पनि गरिने भएको छ । विश्वविद्यालयको रेटिङ गरेर अनुदान दिने घोषणासमेत गरिएको छ ।
१० जेठ २०७९, मंगलवार १८:०२ बजे प्रकाशित












