हवाई इन्धनको मूल्य वृद्धि भएसँगै बढ्यो भाडा
नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ। नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ।
सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा ४४५ बढेको छ। वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–सिमराको भाडा तीन हजार ७२५ कायम भएको छ भने काठमाडौँ–धनगढी १५ हजार ६६५ कायम भएको छ। काठमाडौँ–भद्रपुर ११ हजार ९३५, काठमाडौँ–विराटनगर नौ हजार ३२५, काठमाडौँ–जनकपुर पाँच हजार २५०, काठमाडौँ–भरतपुर चार हजार ४३५ र काठमाडौँ–पोखरा छ हजार ३०५ कायम भएको छ।
काठमाडौँ–भैरहवा सात हजार ८८०, काठमाडौँ–नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौँ–तुम्लिङटार सात हजार ४६० कायम भएको छ। माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७६५ कायम भएको सङ्घले जनाएको छ। नयाँ भाडादरमा ९० देखि ४४५ सम्म वृद्धि भएको छ।
१० जेठ २०७९, मंगलवार ०८:२० बजे प्रकाशित












