रेनु दाहालले कटाइन् ४७ हजार मत जित सुनिश्चित

चितवनको भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । १ लाख २७ हजारभन्दा केही बढी मत खसेकोमा हालसम्म १ लाख १६ हजार ६६६ मतगणना भइसकेको छ। महानगरपालिकाको मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ ।

मेयरमा लगातार अग्रता लिएकी माओवादी केन्द्रकी उम्मेदवार दाहालले ४७,०४० मत पाएकी छन् । उनलाई एमालेका विजय सुवेदीले ३५,५८३ मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४,२६३ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका अधिकारीले ४७,९५८ मत पाएका छन् भने उनलाई राप्रपाकी हिमला गुरुङले २७,९२२ मतका साथ पछ्याइरहेकी छन्


९ जेठ २०७९, सोमवार २२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु