Alok

धनगढी चुनाव : मेयरसँगै उपमेयरमा पनि गठबन्धन पछि पर्‍यो

धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार पछि परेका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय निश्चित जस्तै बनेको छ भने उपमेयरमा अहिले गठबन्धनलाई पछि पार्दै एमाले अघि बढेको छ ।

अहिलेसम्म ५१ हजार ६५ मत गनेर सकिएको छ । मेयरमा स्वतन्त्र उम्मेदवार हमालले २२ हजार ५४१ मत पाएर अग्रता लिएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ तथा एमालेका रणबहादुर चन्दले ६ हजार ४२४ मत पाएका छन् ।

उपमेयरमा यसअघिसम्म पछि परेकी एमाले उम्मेदवार कन्दकला रानाले अहिले अग्रता लिएकी छन् । उनले १० हजार ८८० मत पाएकी छन् भने गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी शान्ति अधिकारीले १० हजार ७०२ मत पाएकी छन् । उपमेयरमा कांग्रेसका बागी उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत पाएका छन् ।


७ जेठ २०७९, शनिवार ०८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु