धनगढी–१४ मा कांग्रेसका बिष्ट प्यानलसहित विजयी

धनगढी उपमहानगरपालिका-१४ को वडा अध्यक्षमा नेपाली काँग्रेसका मानबहादुर विष्ट विजयी भएका छन्। उनी १०८३ मत ल्याउँदै विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद पाण्डेले ८४७ मत ल्याए। त्यस्तै, महिला सदस्यमा काँग्रेसकै विन्दू तामाङ्ग ११०३ मत ल्याई विजयी भइन्।

दलित महिला सदस्यमा कृष्णादेवी दमाई १०७६, सदस्यमा एमालेका रमेश चौधरी १०५९ र काँग्रेसकै मदनराज जोशी १०२४ मत प्राप्त गर्दै विजयी भएका छन्।

 


६ जेठ २०७९, शुक्रवार २०:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु