धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले २० हजार मत कटाए

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । ४४ हजार १०३ मतगणना हुँदा हमालले २० हजार ६ मत पाएका छन् ।

हमाललाई पछ्याइरहेका गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ९२९ पाएका छन् । एमालेका रणबहादुर चन्दले ४ हजार ९१४ मत पाएका छन् ।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ९ हजार २०९ मतका साथ अग्रता लिइरहेकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ८ हजार ५४० पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार २६८ मत पाएका छन् ।


६ जेठ २०७९, शुक्रवार १६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु