धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको मत गठबन्धनको भन्दा दुई गुणा बढी

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । अहिले सम्म २३ हजार २२३ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हमालले १०८२५ मत पाएका छन् ।

हमाललाई पछ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ५हजार १६६ मत पाएका छन् । यसैगरी एमालेका रणबहादुर चन्दले २हजार ४६२ मत पाएका छन् ।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४हजार ६८८ मतका साथ अग्रता लिइरहेकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ४हजार २४६ पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २हजार ६४२ मत पाएका छन् ।

 

 


४ जेठ २०७९, बुधवार ०८:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु