बाजुराको बडिमालिका नगरपालिकामा एमाले विजयी
बाजुराको बडिमालिका नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार अमरबहादुर खड्का र उपमेयरमा नन्दाकुमारी थापा विजयी भएका छन् । एमाले उम्मेदवार खड्काले कांग्रेस उम्मेदवार धनराज पण्डितभन्दा ४६७ मत बढी ल्याएर जितेका छन् ।
खड्काले ४ हजार १९ मत पाएका छन् भने पण्डितले ३ हजार ५ सय ५२ मत पाए । यस्तै उपमेयरमा एमाले उम्मेदवार थापाले कांग्रेस उम्मेदवार राधिका कुमारी शाही ९सिंह० भन्दा ८८२ मत बढी ल्याएर विजयी भएकी हुन् । थापाले ४ हजार २३३ मत प्राप्त गरिन् भने शाहीले ३ हजार ३५१ मत पाइन् ।
उप प्रमुखमा विजयी थापा नेपाल पत्रकार महासंघ बाजुरा शाखाको सचिव र प्रेस चौतारी जिल्ला शाखा अध्यक्षको पदबाट राजीनामा दिएर एमालेबाट उपमेयरमा उम्मेदवार बनेकी थिइन् ।
९ वटा वडा रहेको बाजुरा सदरमुकामस्थित बडिमालिका नगरपालिकामा एमालेले ७ वटा वडामा जित हात पारेको छ भने २ वटा वडामा कांग्रेसले जितेको छ । २, ३, ५, ६, ७,८, ९ नम्बर वडा एमालले जितेको छ भने कांग्रेसले वडा नम्बर १ र ४ जितेको छ ।
३ जेठ २०७९, मंगलवार १६:५४ बजे प्रकाशित












