गोदावरीमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप

कैलालीको गोदावरी नगरपालिका – ६ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता बिच झडप भएको छ । गएराती करिब ११ बजेको समयमा दुवै पक्षका कार्यकर्ताबिच झडप हुँदा ११ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार झडपमा ६ जना एमालेका कार्यकर्ता र ५ जना कांग्रेसका कार्यकर्ता घाइते भएका हुन् । कांग्रेसका कार्यकर्ताले राती गाउँमा किन आएको भन्दा बादविवाद भएपछि झडप भएको थियो ।


२९ वैशाख २०७९, बिहीवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु