बिल गेट्सलाई कोरोना संक्रमण
माइक्रोसफ्टका सह संस्थापक एवं संसारकै धनीमध्येका एक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ । ट्वीटमार्फत उनले आफू कोरोना संक्रमित भएको बताएका हुन् ।
उनले ट्वीट गरेका छन्, ‘मेरो कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको छ । अहिले मलाई हल्का लक्षण महसुस भइरहेको छ ।’
बिल गेट्सले आफू पूर्णरूपमा ठीक नभएसम्म क्वारेन्टिनमा रहने पनि बताएका छन् । ट्वीटमा उनले भनेका छन्, ‘म भाग्यशाली हुँ । मैले कोरोनाको खोप लगाइसकेको थिएँ । अनि यसको बुस्टर डोजसमेत लिएको थिएँ । हामीसँग कोरोना परीक्षण र चिकित्सा रेखदेखका लागि राम्रा सुविधाहरू छन् ।’
२८ वैशाख २०७९, बुधवार १५:४४ बजे प्रकाशित












