युवक मृत्यु प्रकरण : होटलका सञ्चालकसहित १९ जना छुटे
कञ्चनपुरको महेन्द्रनगरस्थित होटल नाइन इलेभनमा युवक मृत फेला परेको घट्ना पक्राउ परेका मध्ये १९ जना छुटेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेयको मृत्यु प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । बुधबार बिहान होटलको बेडमै पाण्डेय मृत फेलापरेपछि प्रहरीले होटल सञ्चालक कोमल सिंहसहित २० जनालाई नियन्त्रणमा लिएको थियो । होटल सञ्चालकसहित १९ जनालाई आज छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।
मृतक युवकसंगै सुतेका आशिष चन्दलाई भने प्रहरीले नियन्त्रणमै राखेको छ । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।उनीहरुले लागुऔषध प्रयोग गरेको प्रहरीले जनाएको छ । मृतक मुकुल बसेको कोठा भित्र प्रहरीले लागुऔषध तथा सिरिन्जहरु फेला पारेको थियो ।
यस्तै मुकुल पढाइका लागि विदेश जाने तयारीमा रहेको पनि खुलेको छ । बिदेश जाने तयारीमा रहेका उनी साथीहरुसंग होटलमा पार्टी गर्न गएका थिए । युवकको शव बुधबार नै पोष्टमार्टमपछि उनका आफन्तले बुझिसकेको डिएसपी शाहले बताए ।
२२ वैशाख २०७९, बिहीवार १३:४९ बजे प्रकाशित












