एमाले अध्यक्ष ओली आज कैलाली र कञ्चनपुर आउँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली र कञ्चनपुरमा आउने भएका छन् ।
एमाले पोलिटब्यूरो सदस्य एवं कैलालीका सांसद नारदमुनी रानाका अनुसार एमाले अध्यक्ष ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई बिहान साढे ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यहाँको चुनावी सभा सकेर उनी कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन्। बेलौरीको चुनावी सभा सकेर दिउँसो ४ बजे धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभा सम्बोधनसंगै आज पार्टी प्रवेश कार्यक्रमसमेत राखिएको छ।
२२ वैशाख २०७९, बिहीवार ०७:४५ बजे प्रकाशित













