धनगढीको सडकमा उत्रियो सेना
कैलालीमा नेपाली सेनाले गस्ती सुरु गरेको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले गस्ती सुरु गरेको हो। जिल्लाको अत्तरियामा रहेको देविदल गणले स्थानीय तहमा सुरक्षा गतिविधि बढाएको छ । जिल्लामा साढे ४ सयभन्दा बढी सेना परिचालित भएका छन्।
कैलालीका १३ स्थानीय तहमा नै नेपाली सेनाको टोली खटिएको देविदल गणले जनाएको छ। धनगढीमा बुधवार नेपाली सेनाले आफ्नो गस्ती सुरु गरेको हो। राष्ट्रि बैंकबाट सुरु भएको गस्ती धनगढीको मुख्य बजार हुँदै भित्री सडकमा पनि पुगेको थियो। यसका साथै गस्तीमा निस्केको सेनाको टोलीले बुथकेन्द्रको निरीक्षणसमेत गरेको छ।
धनगढीको वडा नम्बर १ त्रिनगर मा वि, वडा नम्बर २ को शारदा मावि, वडा नम्बर ३ को जनता मावि, वडा नम्बर ४ को राष्ट्रिय तुलसीराम मावि र वडा नम्बर ५ को पञ्चोदय माविमा रहेको बुथ केन्द्रको निरीक्षण गरिएको नेपाली सेनाले जनाएको छ।
२१ वैशाख २०७९, बुधवार १२:३९ बजे प्रकाशित












