देशभर थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार ७६ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ४५३ रहेको छ ।
पछिल्लो समय थप ३५४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार १६७ पुगेको छ । थप दुई जनाले कारोनाबाट ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३८ पुगेको छ ।
१७ फागुन २०७८, मंगलवार २०:३७ बजे प्रकाशित












