बैतडीको धामीगाउँबाट पालिकाका सेवा प्रवाह गर्न प्रशासनको आग्रह

बैतडीको डिलासैनी गाउँपालिकालाई वडा नम्बर ७ को धामीगाउँबाट सेवा सञ्चालन गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। डिलासैनी गाउँपालिकाले अहिले वडा नम्बर ३ को पङसेरामा रहेको महादेव माविको भवनबाट सेवा दिँदै आएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको केन्द्र धामीगाउँबाट सेवा सञ्चालन गर्न यही फागुन १३ गते पत्र पठाएकाले सोही अनुसारको निर्णय कार्यान्वयन गर्न स्थानीय प्रशासनले पत्राचार गरेको हो। डिलासैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ७ को धामीगाउँ भएको र केन्द्र हेरफेर नभएकाले सोही अनुसार धामीगाउँबाटै पालिकाका सबै सेवा सञ्चालन गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।

सो मन्त्रालयको निर्णय कार्यान्वयन गरी धामीगाउँबाटै सबै सेवा सञ्चालन गर्न जिल्ला प्रशासनले डिलासैनी गाउँपालिकालाई पत्रमार्फत आग्रह गरेको छ।


१७ फागुन २०७८, मंगलवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु