माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी टुङ्गयाउन आज चुनावी प्रक्रिया सुरु भएको छ ।

प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि आज ९ जना पदाधिकारी टुंग्याउन धनगढीमा मतदान सुरु भएको निर्वाचन अधिकृत केदारचन्द्र भट्टले जानकारी दिए । अ ध्यक्ष पदका लागि राष्ट्रियसभा सदस्य हरिराम चौधरी ‘उत्सव’ (कैलाली) र सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामी (दार्चुला)ले उम्मेदवारी दिएका छन् ।

फागुन १४ गतेदेखि जारी प्रदेश समिति बैठकबाट सर्वसम्मत पदाधिकारी छनोटको प्रयास सफल नभएपछि चुनाव भएको उनले बताए ।

२२३ सदस्यीय प्रदेश समितिमा एक जना अध्यक्ष, ३ जना उपाध्यक्ष, एक जना सचिव, ३ जना सहसचिव र एक जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी छनोट गर्नुपर्ने व्यवस्था रहेको छ ।

 


१६ फागुन २०७८, सोमवार २०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु