कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु
कैलालीको बर्दगोरिया गाउँपालिकाका कोरोना संक्रमित ७५ वर्षीय वृद्धको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको बिहिबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
माघ १० गते कोरोना संक्रमण पुष्टि भएका ती वृद्धलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालको आइसीयुमा राखिएको थियो ।
१३ माघ २०७८, बिहीवार १८:५३ बजे प्रकाशित












