सेतीमा थप १४६ जनामा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३५ नमुना परीक्षण गर्दा थप १४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ६ जना कोरोना संक्रमित अस्पतालबाट निको भई डिस्चार्ज भएका छन् । भने ४ जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा २० जना संक्रमित विरामीको उपचार भइरहेको छ ।

ती मध्ये चार जनाको आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै २४ घण्टामा कैलालीको गोदावरी नगरपालिका ५ का ६२ बर्षीय पुरुषको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको हो ।


१३ माघ २०७८, बिहीवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु