देशका पहाडी भू–भागमा मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सुरकुहिरो लागेको छ ।अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसोपछि प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ ।

ती क्षेत्रका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए ।

पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलिदेखि भने क्रमिक सुधार हुँदै जाने अनुमान छ ।


१३ माघ २०७८, बिहीवार ०८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु