मोटरसाइकल र अटो आपसमा ठोक्किदा एक जनाको मृत्यु

मोटरसाईकल र अटो रिक्सा एकआपसमा ठोकिदा अटो चालकको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ माईली बजारमा बुधवार दुर्घटना भएको थियो ।

बेलौरी बाट धनगढी जादै गरेको लु.२ स.००८१ नम्बरको अटो रिक्सा र बिपरीत दिशाबाट आईरहेको से. १ प. ७६४४ नम्बरको मोटर साईकल एकआपसमा ठोकिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी अटोरिक्सा चालक पुनर्वास नगरपालिका वडा नम्बर ८ क गाउँ का ३५ बर्षिय राजेन्द्र सुनार(मिजार) को उपचारका क्रममा कैलालीको धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाईकल चालक पुनर्वास नगरपालिका वडा नम्बर १ गणेशबस्ती बस्ने ३० बर्षिय राम भजन राना, मोटर साईकलमा सवार सोहि ठाउँका ३२ बर्षिय राधेश्याम राना, अटोमा सवार बेलौरी नगरपालिका वडा नम्बर १० भुडाका १३ बर्षिय बालक आकाश बि.क., सोहि ठाउँका १२ बर्षिय आशिष बि.क. सिद्धला बजार नगरपालिका ८ बर्दियाका ३२ बर्षिय रघुबीर सुनार, १४ बर्षिया करुणा सुनार र पुनर्वास नगरपालिका वडा नम्बर ८ का ७० बर्षिया पार्बती सुनार घाईते भएका छन ।

घाईते मध्ये आकाश बिक र राम भजनको अबस्था गम्भीर रहेको र धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।अन्य घाईतेहरूको आईबिआरडीस्थित पुनर्वास पोलिक्लिनिकमा उपचार भईरहेको छ ।


१२ माघ २०७८, बुधवार १९:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु