राष्ट्रियसभा चुनाव : सुदूरपश्चिममा माओवादीका पार्की विजयी

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट जगत पार्की विजयी भएका छन् । माओवादीका पार्की गठबन्धनबाट उम्मेदवार बनेका थिए । प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् । यसअघि महिलातर्फ गठबन्धन उम्मेदवार एकीकृत समाजवादीकी गरिमा शाह विजयी भइन् ।

 


१२ माघ २०७८, बुधवार १६:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु