निर्वाचन कार्यालयका सेवा स्थगन

कोरोनाको संक्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले आजदेखि सेवा स्थगन गरेको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयको विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड १९ प्रमाणित भएको र अन्य कर्मचारीमा समेत कोरोनाका लक्षण देखा परेको हुँदा सेवा स्थगन गरेको जनाएको छ।

अर्को सूचना प्रकाशित नहुँदासम्म कार्यालयको आन्तरिक कामकाज बाहेक मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम स्थगित गरिएको जारी सूचनामा जनाइएको छ।

यसअघि निर्वाचन कार्यालयले मतदाता नामावली संकलन र अद्यावधिकका लागि टोकन प्रणालीमार्फत काम गर्दै आएको थियो।


१२ माघ २०७८, बुधवार ०७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु