सेतीमा थप १६४ जनामा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १६४ जनामा कोरोना भाईरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८२ नमुना परीक्षण गर्दा थप १६४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा छ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने थप तीनजना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १३ जना संक्रमित उपचाररत छन् । ती मध्ये तीनजना आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।


७ माघ २०७८, शुक्रवार १४:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु