सुदूरपश्चिम महोत्सव स्थगित

कैलालीको धनगढीमा माघ १८ गतेदेखि हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित गरिएको छ । आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले बुधबार एक सुचना जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै महोत्सव अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने सुदूरपश्चिम महोत्सव विगत दुई वर्षदेखि कोभिड–१९ का कारण हुन सकेको छैन् ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार राती १२ बजेदेख अनिश्चितकालका लागि लागु हुने गरि मेला महोत्सव नगर्न आग्रह गरेको छ ।


२८ पुस २०७८, बुधवार १७:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु