एमाले सुर्खेत अध्यक्षमा बिसी निर्वाचित

नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन्। एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षसहित सम्पूर्ण पदाधिकारीमा बिसीको प्यानल विजयी भएको हो।

अध्यक्षमा बिसीले डण्डीप्रसाद शर्मालाई १ सय १ मतान्तरले पराजित गरेका हुन्। निवर्तमान उपाध्यक्षसमेत रहेका बिसीले ३ सय ६८ मत ल्याउँदा प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले २ सय ६७ मतमात्र ल्याए।

त्यसैगरी जिल्ला उपाध्यक्षमा कूलमणि देवकोटा निर्वाचित भएका छन्। देवकोटाले ३ सय ९४ मत प्राप्त गर्दा उपाध्यक्षका अर्का प्रत्यारी ऋषि गिरी २ सय २६ मतमात्र पाए।

सचिवमा कविन्द्र केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन्। उनीहरू पनि बिसी प्यानलकै नेता हुन्।पुस २३ गते सुरु भएको जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि मंगलबार मतदान भएको थियो।


२८ पुस २०७८, बुधवार ०९:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु