राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एमाले उम्मेदवारहरुले गरे मनोनयन दर्ता
राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
एमालेका नेता कार्यकर्तासहित निर्वाचन अतिकृतको कार्यालय पुगेका एमाले उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
एमालेको महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन् ।
सत्ता गठबन्धन दल नेपाली काँग्रेस, माओबादी केन्द्रलगायतका दलका उम्मेदवार पनि मनोनयन दर्ताको तयारीमा छन् ।
२० पुस २०७८, मंगलवार १३:५५ बजे प्रकाशित













