डाेटीमा भालुकाे आक्रमणबाट एक युवती गम्भीर घाइते
डोटीमा भालुको आक्रमणमा परी एक युवती गम्भीर घाइते भएकी छन् ।जिल्लाको केआइसिंह गाउँपालिका-४ वायलमा जंगली भालुले आक्रमण गर्दा ३८ वर्षीया पपी विष्ट गम्भीर घाइते भएकी हुन् ।
बासकोटा बोकडाडामा घाँस काट्न गएको बेलामा उनलाई विष्टलाई भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट उनको टाउको,छातीलगायत शरीरका अन्य भागमा पनि चोट पुगेको छ ।घाइते विष्टको दिपायलमा उपचार भइरहेको छ ।
६ पुस २०७८, मंगलवार १०:२० बजे प्रकाशित













