भारतको उत्तरप्रदेशमासमेत देखियो ओमिक्रोन, दुई जनामा संक्रमण
भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ । उत्तर प्रदेशको गाजियाबादमा शुक्रबार दुई जनामा ओमिक्रोन संक्रमण भेटिएको हो ।
भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय १३ पुगेको छ । डेल्टाको तुलनामा ओमिक्रोन भाइरस कयौं गुणा बढी फैलिरहेको विज्ञहरुले चेतावनी दिएका छन् ।
गाजियाबादमा एक दम्पतिलाई कोरोनाको नयाँ भेरियन्ट देखिएको हो । भारतको उत्तरप्रदेश नेपालको सुदूरपश्चिमसंग जोडिएको प्रान्त हो ।
भारतमा डिसेम्बर २ मा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट देखिएको थियो ।
विगत १५ दिनमा भारतमा ओमिक्रोनको संक्रमण तिब्र गतिमा फैलिएको छ । राजधानी दिल्लीमा मात्र २२ जनामा ओमिक्रोन संक्रमण देखिएको छ ।
३ पुस २०७८, शनिवार १०:४९ बजे प्रकाशित












