सुनको मूल्य घट्यो
आइतबार र सोमबार एउटै मूल्यमा कारोबार भएको सुन मंगलबार भने घटेको छ। सोमबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो।
छापावाल सुन सोमबार ९२ हजार रुपैयाँ प्रतितोला रहेकोमा मंगलबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ३ सय कायम भएको छ।
चाँदीको मूल्यमा समेत गिरावट आएको छ। सोमबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ११९० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
२१ मंसिर २०७८, मंगलवार १२:५५ बजे प्रकाशित













