Alok

सुनको मूल्य घट्यो

सुनको मूल्य आज सोमबार १ सय रुपैयाँले घटेको छ।अघिल्लो दिन ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको हो।

त्यस्तै आइतबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तर आज चाँदी भने १० रुपैयाँ महंगो भएको छ। सोमबार चाँदी एक हजार दुई सय २० रुपैयाँमा कारोबार भएको छ।

 


१३ मंसिर २०७८, सोमवार १२:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु