दार्चुलामा को–को चुनिए महाधिवेशन प्रतिनिधि ? (मतसहित)
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दार्चुलाको सातौँ जिल्ला अधिवशेनबाट २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि खुुलातर्फ सर्वाधिक ६ सय १७ मत ल्याएर जगदीश बहादुर पाल महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
निर्वाचन समितिका अनुसार हरक सिंह विष्ट (५२९), धिरेन्द्र साउँद (५२१), शम्भुप्रसाद जोशी (५०४), विक्रम सिंह धामी ९४७६०, गणेश राज भट्ट ९४५५०, महादेव बडू ९४१८०, केशर सिंह भण्डारी (३८५), दिलिप सिंह बुढाथोकी (३८५) र नरेन्द्र सिंह धामी (३०९) मत ल्याएर विजयी भए ।
महिला खुलातर्फ राजमति पाल (६८७), शान्ती देवी बम (६८७), ईश्वरी जोशी (६६९), यसोदा तिंकरी (५६७) विजयी भएका छन् । खस–आर्य समानुपातिक तर्फ करबीर बहादुर कार्की (४३५) गणेश दत्त बडू (४०२), सुरेन्द्र बहादुर बम (३८३), गोकर्ण बहादुर चन्द (३७६) र पदम राज पन्त (३४४) विजयी बने ।
खस–आर्य महिलातर्फ देवकी देवी बोहरा (५०७), सुना बोहरा (४९६), आनन्दी पन्त भट्ट (४१९) र सुना जोशी (४१५) विजयी भए । महाधिवेशन प्रतिनिधि दलित तर्फ गोवद्र्धन कोली सर्वसम्मत चुनिए । यस्तै अल्पसंख्यक÷अपांगता तर्फ चक्र सिंह ह्याकी (३२४) र बासुदेव सिंह ऐतवाल (३६५) विजयी बने ।
११ मंसिर २०७८, शनिवार १२:५३ बजे प्रकाशित













