सुनको मूल्य बढ्यो
सुनको मूल्य बढेको छ।आइतबारको तुलनामा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो।आइतबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ९२ हजार ४ सय रुपैयाँ पुगेको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
८ कात्तिक २०७८, सोमवार १३:४८ बजे प्रकाशित













