सेती अस्पतालमा ८ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ७६ जनाको नमूना परिक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएको जनाउको छ।


८ कात्तिक २०७८, सोमवार १३:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु