आजको मौसम : केहीबेर घाम, केहीबेर फेरि बादल
आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् ।केही ठाउँमा घाम लागे पनि आज पूरै मौसम सफा भने नहुने मौसमविद् मञ्जु बासीले बताए । उनका अनुसार आज केहीबेर घाम लाग्ने र केहीबेर फेरि बादल लाग्ने हुन्छ ।
आज केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने पनि उनले बताए ।पानी परेका ठाउँमा मेघगर्जन र चट्याङ्ग पनि पर्ने मौसमविद् बासीले बताए । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य आंशिक प्रभाव परेको छ ।
यसकै प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । तर, आज ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् ।
८ कात्तिक २०७८, सोमवार ०८:४२ बजे प्रकाशित













