तीन लाख बढीको अवैध कपडा बरामद
कैलाली प्रहरीले तीन लाख बढीको अवैध कपडा बारामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीको टोलीले आइतबार गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियामा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेका कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार तीन लाख १२ हजार४७० रुपैया बराबरको लेडिज र जेन्स आईटमका थान कपडा बरामद गरेर कारवाहीको लागी कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको छ ।
७ कात्तिक २०७८, आइतवार १८:४४ बजे प्रकाशित













