एमाले नेता भट्टराई अस्पताल भर्ना

नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गर्नुपरेको हो ।

ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराईले ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना गरेको स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।


५ कात्तिक २०७८, शुक्रवार १७:१० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु