कैलालीमा एक जना मृत फेला
कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कैलाली खोलामा भारतीय नागरिक मृत फेला परेका हुन्।
भारतको पलिया घर भइ धनगढीमा मजदुरी गर्दै आएका ३२ वर्षीय उदय पाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता,प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
उनका अनुसार पालले बुधबार साँझ सन्तोषीटोलस्थिल कैलाली खोलामा बनेको पुलबाट हाम फालेका थिए।
उनी बिहिवार विहान हाम फालेकै स्थानमा मृत फेला परेका हुन्। पालले नेपालीसंग विवाह गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४ कात्तिक २०७८, बिहीवार १५:३५ बजे प्रकाशित













