प्रधानमन्त्री देउवा बैतडी पुगे

सुदूरपश्चिमको बिभिन्न बाढीपहिरो क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बैतडी पुगेका छन् । प्रधानमन्त्री देउवाले बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा पुगेर उनले बाढी र पहिरोले पारेको क्षतिको अवस्थाका बारेमा जानकारी लिएका हुन्।

उनी यसअघि बझाङ र डोटीका जनप्रतिनिधि,सरोकारवालासँग र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए । देउवाले बिहिबार सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गरिरहेका छन् ।

प्रधानमन्त्री देउवासँगै उक्त टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन्।

वर्षासगै बाढीपहिरोका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ । यस्तै, २४ जना बेपाता छन् भने १६ जना घाइते भएको तथ्यांक छ ।


४ कात्तिक २०७८, बिहीवार १५:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु