प्रधानमन्त्री देउवा बझाङ पुगे, प्रभावित क्षेत्र थलारा हेलिकप्टर अबतरण हुन सकेन
सुदूरपश्चिमको बिभिन्न बाढीपहिरो क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । उनी जिल्लाको अति प्रभावित क्षेत्र थलारा अवलोकनका लागि पुगेपनि हेलिकप्टर अबतरण हुन सकेन ।
हेलिकप्टर अबतरण हुननसकेपछि सदमुकाम स्थित सेनाको व्यारेकामै अबतरण भएको छ । प्रधामन्त्री देउवा अहिले बझाङ स्थित सेनाकै हलमा जिल्ला स्तरका प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्ती सँग जिल्लाको रिपोटिङ्ग लिईरहेका छन् ।
उनी यसअघि डोटीका जनप्रतिनिधि,सरोकारवालासँग र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए । देउवाले बिहिबार सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गरिरहेका छन् । वर्षासगै बाढीपहिरोका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ । यस्तै, २४ जना बेपाता छन् भने १६ जना घाइते भएको तथ्यांक छ ।
४ कात्तिक २०७८, बिहीवार १३:१६ बजे प्रकाशित













