पहिरोले भीमदत्त राजमार्ग बन्द, ४ दिनदेखि सयौं यात्रु अलपत्र

सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।अविरल वर्षापछि सडकमा खसेको पहिरोका कारण ४ दिनदेखि सवारीसाधन आवतजावत रोकिएको हो।

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरा–डोटी सडकखण्ड गैरामा ठाउँठाउँमा पहिरो खसेका कारण पहाडी जिल्लासँग सडक सञ्जाल विच्छेद भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका एसपी वामदेव गौतमले जानकारी दिए। पहिरो हटाएर यातायात खुलाउने प्रयास भइरहेको उनले बताए।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कदेखि हगुल्टे लेकसम्म करिब ४/५ किलोमिटर बाटो पहिरोले बन्द भएको छ।यस्तै अमरगढी नगरपालिका– ११ रडुवाखोला र गजरौलाको बीच भागमा १०० मिटरजति रोड भासिएको र डोजरले काम गर्न नसकी फिर्ता भएको प्रहरीले जनाएको छ।

सडक बन्द हुँदा पहाडी जाने र तराई आउने सयौं सवारीसाधन जाममा परेका छन्। पहाडको यात्रामा रहेका सयौं नागरिक ४ दिनदेखि बाटोमै अलपत्र परेका छन्। बस्नरखानसमेत समस्या भइरहेको यात्रुले गुनासो गरेका छन्।


४ कात्तिक २०७८, बिहीवार १२:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु