बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत नलिने
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन् । असोज २५ गते बोलाइएको बैठकमा प्रस्ताव पेश भए पनि आज उनले विश्वासको मत नलिने बागमती प्रदेशसभाका नेकपा एमालेका सांसद अरुण नेपालले जानकारी दिए ।
‘आज उहाँले विश्वासको मत लिनुहुन्न। आज आफ्नो कुरा भन्नुहुन्छ। सरकारले गरेका कामका बारेमा संसदलाई जानकारी दिनुहुन्छ,’ उनले भने, ‘त्यसपछि दलका नेताहरु र सांसदले आफ्नो धारणा राख्छन्। विश्वासको मत माग्नुहुन्छ।’
सांसद नेपालले आफूहरुले विश्वासको मत लिने विषयलाई लम्ब्याउन नखोजेका भन्दै पार्टीको ६ र ९ गते देशभर एकै साथ हुने वडा र इलाका अधिवेशनका कारणले केही ढिलाइ हुन गएको बताए ।
४ कात्तिक २०७८, बिहीवार ०९:४९ बजे प्रकाशित












