नदी किनारमा एक बालिकाको शव फेला
कैलालीमा एक बालिकाको शव फेला परेको छ । जिल्लाको जोशीपुर गाउँपालिका –३ फाडिया स्थित काडा नदीको किनारमा रुखको जरोमा अड्किएको अवस्थामा बालिकाको शव फेला परेको हो।
बुधबार साँझ साढे ६ बजेको समयमा करिब २ बर्षीया बालिकाको शव बेवारिसे (शरिरमा कपडा नभएको) अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय भजनी र जोसीपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी जनाएको छ ।
३ कात्तिक २०७८, बुधवार २१:२३ बजे प्रकाशित












