उद्दारका लागि उडेको हेलिकप्टर धनगढी फर्कियो
कञ्चनपुरको भीमदत्त नगरपालिका –९ मुसेटी मा फसेकाहरुलाई उद्दार गर्न सुर्खेतबाट आएको हेलिकप्टर धनगढीमा ल्यान्ड गरेको छ । खराब मौसमका कारण बाढीग्रस्त क्षेत्र मुसेट्टी पुग्न नसकेको हो ।सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमले कंचनपुरको मुसेट्टी पुग्न नसकेको बताए ।
सेनाले डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडै पहाडको खोचबाट मुसेट्टि पुगाउन खोजेको थियो । “त्यो रुटबाट पनि “भिजिबिलिटी” भएन” जर्नेल शाहीले भने ” अर्को रुटबाट पनि सम्भव नभएपछि धनगढी ल्यान्ड गरिएको छ ।मौसम अनुकुल भए लगत्तै हेलिकप्टर उद्दारका लागि पठाईने उनले बताए ।
ज्यान जोगाउन चढेको रुख पनि ढल्ने अवस्थामा पुगेको स्थानियले बताएका छ्न । कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका–९ मुसेट्टिका एकै परिवारका ५ जना सोमवार रातिदेखी फसेका थिए ।बिहान ७ बजे उनिहरु फसेको खबर बाहिरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पुष्कर नायक बर्ष ३६ ,शान्ति नायक वर्ष ३२,अजय नायक वर्ष १०,सुरज नायक वर्ष ४ र गौरी खड्का वर्ष ५० का रुखको कापमा अडिएका छन् ।ढुङ्गाको भरमा रुख अडिएको र जुनसुकै बेलापनी दुर्घटना हुन सक्ने स्थानीयले बताए ।
२ कात्तिक २०७८, मंगलवार १६:१७ बजे प्रकाशित













