बाढीपहिरो प्रभावितलाई राहत र उद्धार गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् ।तीन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका विभिन्न भागमा बाढी पहिरोबाट सर्वसाधारण प्रभावित भएका छन् ।
२ कात्तिक २०७८, मंगलवार १४:०६ बजे प्रकाशित













