मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदै

मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदैछन् । मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने गरिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिदै यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


२ कात्तिक २०७८, मंगलवार ०९:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु