कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको बिदाइ

हालै सरुवा भई नयाँ कार्य क्षेत्रमा जान लागेका कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई शुभकामना सहित बिदाइ गरिएको छ ।

कैलाली जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूले सोमबार बिदाइ तथा फेरी भेटौँला कार्यक्रमको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी रिजालको बिदाइ गरेका हुन् ।

कार्यक्रममा कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी सहित कैलाली जिल्लाका अन्य सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै, सात महिना १० दिनको कैलालीको प्र.जी.अ.को कार्यकाल समग्रमा सफल रहेको बताउँदै रिजालले जिम्मेवारी प्रदान गर्ने , साथ, सहयोग, सद्‌भाव र सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 


१ कात्तिक २०७८, सोमवार २०:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु