punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय बजार तिकुनियामा झडप, ८ जनाको मृत्यु

Chaupati
safha napa

नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप हुदा आठ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार चार जना किसान र चार जना अन्यको मृत्यु भएको हो। अहिलेपनि तिकुनिया क्षेत्र तनावपूर्ण छ।

भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसानहरू आन्दोलनमा थिए। सोही क्रममा भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमाथि गाडी चलाएको आरोप लागेको छ।

आइतबार केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रको बानवीर गाउँमा धेरै योजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो। उपमुख्यमन्त्री केशवप्रसाद मौर्य प्रमुख अतिथिका रुपमा उपस्थित थिए।

केशव मौर्यको हेलिकप्टर अवतरण गर्ने क्रममा बिहानदेखि किसानहरूले कालो झण्डा बोकेर धर्ना सुरु गरेका थिए। सोही समयमा भाजपा कार्यकर्ताहरू पनि पुगेपछि झडप सुरु भएको हो। केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्राका छोराले कारले च्यापेर किसानको हत्या गरेको आरोप छ।


१८ असोज २०७८, सोमवार ०८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु