दार्चुलामा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्वको खोप लगाउन सुरु

दार्चुलामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्वको खोप लगाउन सुरु भएको छ । जिल्लाका ९० वटा स्वास्थ्य संस्थामार्फत खोप लगाउन सुरु भएको हो । खोप असोज १४ गतेसम्म लगाइने छ ।

गत बिहीवार बसेको कोभिड—१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्व भेरोसेल खोप लगाउने निर्णय गरेको थियो ।

जिल्लामा पहिलो मात्राका भेरोसेल खोप ४० हजार डोज पुगेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए ।खोप लगाउन जिल्लाभरीका स्वास्थ्य संस्थामा नगारिकको भीड लागेको जनाइएको छ ।


११ असोज २०७८, सोमवार ०८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु