punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिल्ला प्रशासन बैतडीमा बारअनुसारको सेवा

Chaupati
safha napa

कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकोले जिल्ला प्रशासन कार्यालयले पालिकाअनुसार सेवा दिन थालेको छ। कार्यालयले सार्वजनिक गरेको सूचनामा आइतबारदेखि शुक्रबारसम्म फरक दिन फरक÷फरक पालिकालाई सेवा दिइने जनाएको हो।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिने सेवाहरु शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई आइतबार,मेलौली नगरपालिका र सिगास गाउँपालिकाकालाई सोमबार,दोगडाकेदार र डिलाशैनी गाउँपालिकाकालाई मंगलबार,सुर्नया गाउँपालिकाकालाई बुधबार,पाटन नगरपालिकाकालाई बिहीबार र दशरथचन्द नगरपालिकाका नागरिकलाई शुक्रबार दिइने सूचना उल्लेख गरिएको छ।

सूचनाअनुसार सम्बन्धित पालिकाका नागरिकलाई सेवा लिन आग्रह गरेको छ।पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाट नियमित रुपमा सेवा प्रदान गरिने बताइएको छ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित बनाउन र कोभीड १९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। उनले भने,‘कोरोना संक्रमणदर कम देखिएपनि जोखिम कायमै छ,भिडभाड कम गर्न जोखिमलाई मध्यनजर गरेर बारअनुसार सेवा दिइरहेका हौं।’

जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र वितरण, राहदानी वितरण लगायतका सेवाहरु दिने गरेको छ।

बैतडीबाट एक कैदी छुटे

यस्तै, संविधान दिवसको अवसरमा बैतडी कारागारबाट एक जना कैदी छुटेका छन्।कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका जिल्लाको मेलौली नगरपालिका १ का ललित भनिने सुर्य दयाल छुटेका हुन्।

विस २०७० साल साउन १ गते कर्तव्य ज्यान मुद्धामा जेल सजाय सुनाइएका दयालले ६६ प्रतिशत कैद भुक्तान गरिसकेका छन्। उनलाई १३ वर्ष ४ महिना कैद सजाय गरिएकोमा ८ वर्ष दुई महिना कैद भुक्तान गरिसकेका जेलर अनिल तिवारीले जानकारी दिए।

सरकारले हरेक वर्ष संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएकाहरुलो कैद सजाय मिनाहा गर्ने गरेको छ।

यो वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छन्।


३ असोज २०७८, आइतवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु